स्वस्तिमा – पर्दामा पात्रअनुसार सँधै दुरुस्त, ‘दिमाग खराब’ले पनि देखायो त्यस्तै

स्वस्तिमा – पर्दामा पात्रअनुसार सँधै दुरुस्त, ‘दिमाग खराब’ले पनि देखायो त्यस्तै

‘मैले दर्शक भएर हेर्दा उहाँका सिनेमामा महिला पात्र वेल रिटन भएको पाउँदिन थिएँ । यो कुरा मैले पहिले पनि भन्थेँ । तर, यो सिनेमामा त्यो समस्या छैन भन्ने लाग्छ’, स्वस्तिमाले भनिन् । उनले यसपटक आफूले निश्चललाई महिला पात्रलाई प्राथमिकता दिन धेरैपटक सुझाव दिएकाले त्यसतो नहुनेमा उनी विश्वस्त छिन् ।

दिनेश सिटौला
301
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वर्तमान समयमा अभिनेत्री स्वस्तिमा खड्का मेकरको पहिलो रोजाइकी अभिनेत्री हुन् । धेरै निर्माता-निर्देशक आफ्नो सिनेमामा स्वस्तिमालाई कास्ट गराउन चाहन्छन् । चरित्रमा भिज्ने र पर्दामा गर्ने सहज तथा स्वभाविक अभिनयले उनी पहिलो रोजाइ हुने गरेकी छन् । स्वस्तिमा स्वयमलाई पनि आफ्नो भूमिकामा च्यालेन्ज मनपर्छ ।

उनको यही विशेषताले उनलाई पहिलो रोजाइ बनाएको छ । शुक्रबारबाट उनी आफ्ना पति तथा निर्देशक निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको ‘दिमाग खराब’बाट पर्दामा देखिदैछिन् । सिनेमाको सार्वजनिक भएको ट्रेलर र गीतमा देखिएको उनको प्रस्तुतिले उनलाई उनको पछिल्लो सिनेमाको लुक्सबाट टाढा लगिदिसकेको भान हुन्छ अर्थात पर्दामा उनी अर्कै पात्रको स्वभाविक भइसकेकी छन् ।

सिनेमामा उनी गृहिणीको भूमिका छिन् । उनी एउटा आम गरिब नेपाली परिवारकी महिला जस्तै हुन्छिन् वा देखिन्छिन् त्यस्तै नै देखिएकी छन् । उनको गेटअपले ‘चिसो मान्छे’की ‘पुष्पा’ बिर्साइदिन्छ अर्थात उनी कलाकारका रुपमा पानी हुन् पात्र अनुसार बन्न सक्ने । दशैंमा रिलिज भएको सफल सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’मा ‘दुर्गा माता’ बनेकी स्वस्तिमा यो सिनेमामा अभिनेता खगेन्द्र लामिछानेकी जीवनसंगिनी बनेकी छन् ।

यही सिनेमाको प्रचारको सिलसिलामा भएका साक्षात्कारहरुमा स्वस्तिमा सिनेमालाई लिएर खुबै उत्साहित हुने गरेकी छन् । यसै क्रममा उनले हामीसँगको कुराकानीमा निर्देशक निश्चल बस्नेतसँग काम गर्दाको अनुभव सुनाइन् । सँधै पतिका रुपमा व्यवहार हुँदै आएको निर्देशकका रुपमा निश्चल एकदमै राम्रा निर्देशक हुन ।

निश्चलका सिनेमामा खासगरी पुरुषहरुको चरित्र राम्रो गरी लेखिएको पाइन्छ तर महिला पात्र भने त्यही हाराहारीमा हुने गरेको छैन् । स्वस्तिमाले यसपटक भने त्यस्तो समस्या नहुने बताइन ।

‘मैले दर्शक भएर हेर्दा उहाँका सिनेमामा महिला पात्र वेल रिटन भएको पाउँदिन थिएँ । यो कुरा मैले पहिले पनि भन्थेँ । तर, यो सिनेमामा त्यो समस्या छैन भन्ने लाग्छ’, स्वस्तिमाले भनिन् । उनले यसपटक आफूले निश्चललाई महिला पात्रलाई प्राथमिकता दिन धेरैपटक सुझाव दिएकाले त्यसतो नहुनेमा उनी विश्वस्त छिन् ।

‘उहाँका अघिल्ला सिनेमा महिला पात्रलाई त्यस्तो महत्त्व दिइएको छैन । मैले उहाँलाई धेरैपटक तपाईका सिनेमामा महिला पात्र प्राथमिकतामा हुँदैनन् भनेको छु । महिला पात्र उहाँको सिनेमामा दोस्रो वा तेस्रो ‘लियर’मा हुने गर्थे । निश्चल जी सेलिब्रेटी निर्देशक हो, यसमा उहाँले ध्यान दिनुपर्छ,’ उनले भनिन् । ‘दिमाग खराब’मा हरेक क्यारेक्टरमा कथाको हिसाबले महत्त्व खोजेको छ ।

‘दिमाग खराबमा हामीले हरेक क्यारेक्टरमा कथाको हिसाबले त्यसको महत्त्व खोजेका छौं । पटकथा अगाडि बढ्न हरेक पात्र किन जरुरी छ ? भन्ने उत्तर दिन सक्यौं भने त्यो पात्रले गर्ने कुराको महत्त्व हुन्छ । यसपटक हामीले त्यही प्रयास गरेका छौं । सिनेमामा हरेक पात्र कथाको महत्त्वको आधारमा छन्,’ उनले आत्मविश्वासका साथ भनिन् ।

सिनेमाको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्काको पात्रले श्रीमान्लाई विदेश पठाउन दबाब दिएको देखिन्छ । यसले कतै उनको चरित्र नकारात्मक होकी भन्ने किसिमको संकेत गर्दछ । तर स्वस्तिमा त्यसलाई नकार्छिन् । ट्रेलरको भरमा क्यारेक्टरलाई मुल्यांकन गर्न नहुने उनको भनाइ छ। श्रीमानलाई  विदेश पठाउन कर गर्नुको कारण सिनेमामा नै रहेको उनले बताइन् ।

‘सिनेमामा कुनै पनि क्यारेक्टरले त्यो किन भनिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । तर, सिनेमामा पुरुषलाई कमजोर बनाउन महिलाकै भूमिका हुन्छ भनेर देखाइनु हुन्न । ‘दिमाग खराब’मा मेरो चरित्रले श्रीमानलाई विदेश जान कर गरिरहेको ट्रेलरमा देखिन्छ’, उनले भनिन्, ‘उसले किन कर गर्यो भन्ने कारण सिनेमामा छ । यसपटक पनि स्वस्तिमा आफ्नो अभिनयमा अगाडि नै हुनेछिन् र तारिफको अर्को एउटा अध्याय थप्नेछिन् ।