‘चित्रा’को पहिलो गीत ‘नजरैको हानाहान’ सार्वजनिक

‘चित्रा’को पहिलो गीत ‘नजरैको हानाहान’ सार्वजनिक

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तिहारलाई लक्षित गरेर घनश्याम लामिछाने निर्देशित सिनेमा ‘चित्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘नजरैको हानाहान’ बोलको लोक शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने सिवाकोटी स्वयंको शब्द तथा संगीत छ ।

प्रविण सिंहको कोरियोग्राफी रहेको गीतमा सिनेमाका अभिनेता सन्तोष अधिकारी र अभिनेत्री शुभेच्छा खड्का फिचर्ड छन् । सिनेमाले बाबु र छोरीको कथालाई उठान गरेको छ । आगामी पौष २७ गतेबाट प्रदर्शनमा आउने सिनेमामा आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्मातामा छन् ।

सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको सिनेमामा मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल, प्रकाश घिमिरेलगायतको पनि अभिनय रहेको छ ।

अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, बनिष शाह र सन्देश शाहको सम्पादन, महेश पौडेलको छायांकन छ । देशभर केदार पराजुलीको श्रीकृष्ण फिल्मस्ले सिनेमालाई वितरण गर्दैछ ।