भारतीय सेना पूर्वप्रमुख साम मनेक्सको बायोपिक ‘सामबहादुर’को ट्रेलर सार्वजनिक

भारतीय सेना पूर्वप्रमुख साम मनेक्सको बायोपिक ‘सामबहादुर’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय सेना पूर्वप्रमुख साम मनेक्सको बायोपिक सिनेमा ‘सामबहादुर’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको शीर्ष भूमिकामा विक्की कौशलले अभिनय गरेका छन् । मनेक्स सन् १९७१ मा भएको भारत-पाक युद्धको बेला भारतीय सेना प्रमुख थिए ।

सिनेमामा अभिनेता कौशलसहित फातिमा सना शेख र सान्या मल्होत्रा लगायतले अभिनय गरेका छन् । मेघना गुलजार निर्देशित सिनेमा डिसेम्बर १ मा विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । यही मितिमा रणवीर कपुरको मुख्य भुमिका रहेको सिनेमा ‘एनिमल’ पनि रिलिज हुँदैछ ।

सिनेमाको ट्रेलर गुरुवाणीको पंक्तिबाट सुरु हुन्छ, जहाँ साम मानेक्सले आफ्ना सिपाहीलाई लडाईमा हार नमान्न प्रेरित गरेको देखिन्छ । त्यसपछि मानेक्सले कसरी भारतीय सेनाको नेतृत्व गरे र भारतलाई सन् १९७१ को भारत-पाक युद्ध जित्न मद्दत गरे भनेर चित्रण गरिएको छ ।

सिनेमामा पूर्वभारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा फातिमा सना शेख र सामकी पत्नीको भूमिकामा सान्या मल्होत्रा देखिएकी छन् । सिनेमामा साम मानेक्सको जीवनका धेरै महत्वपूर्ण पक्षलाई प्रस्तुत गरिए पनि मुख्यत सन् १९७१ को भारत-पाकिस्तान युद्धलाई देखाउँछ ।

सिनेमाले भारतीय सेनाप्रति मानेक्सको जोश र उत्साह देखाएको ट्रेलरबाट बुझ्न सकिन्छ । मानेक्सले ४० वर्ष युनिफर्म लगाएर देशको सेवा गरेका थिए र उनको शैलीलाई विक्की कौशलले सिनेमामा दुरुस्तै उतारेका छन् । सिनेमाको सार्वजनिक ट्रेलरमा विक्की कौशलको अभिनय उत्कृष्ट लाग्छ ।