मोडल तथा अभिनेत्री दीपाशा बीसीको निधन

मोडल तथा अभिनेत्री दीपाशा बीसीको निधन

द सिनेमा टाइम्स
651
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मोडल तथा अभिनेत्री दीपाशा बीसीको निधन भएको छ । बिहीबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा २८ वर्षको उमेरमा निधन भएको हो । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।

दीपाशाको मृत्युको कारण खुलेको छैन । उनको निधनको खबर सार्वजनिक भएसँगै सिनेमाकर्मीहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । सुर्खेतमा २०५२ सालमा जन्मिएकी अविवाहित बीसीले दर्जनौं म्यूजिक भिडियोका साथै केही नेपाली सिनेमामा पनि अभिनय गरेकी छन् ।

लोकदोहोरी म्यूजिक भिडियोमा निकै व्यस्त रहँदै आएकी बीसी ‘जलपरी’ नामले समेत परिचित थिइन् । ‘दुलही रानी’बाट दीपाशाले २०६८ डेब्यू सिनेमा रिलिज भएको थियो । यससँगै उनले ‘बिरानो माया’, ‘झेली’ लगायतका सिनेमामा पनि अभिनय गरेकी थिइन् ।