शुक्रबारबाट प्रदर्शनमा आयो निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’

शुक्रबारबाट प्रदर्शनमा आयो निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बहुप्रतिक्षित सिनेमा ‘दिमाग खराब’को आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । बिहीबार साँझ राजधानीमा आयोजित प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमाले हलमा पनि दर्शकको उच्च साथ पाउने विश्वास निर्माण टिमको छ ।

सिनेमाले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शोज पाएको छ । सिनेमाले दर्शकबाट समेत उत्कृष्ट वर्ड अफ माउथ पाएको खण्डमा तिहारको लामो बिदाको फाइदा उठाउने देखिन्छ । व्यापक प्रचारको आजबाट हलमा देखिने विश्वास सिनेमाकर्मीको छ । निर्देशक निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेकाले पनि दर्शकमाझ ‘दिमाग खराब’को प्रतिक्षा दर्शकमाझ छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।