शनिबार देशभर ‘दिमाग खराब’को आक्रामक व्यापार, ‘वर्ड अफ माउथ’ अब्बल

शनिबार देशभर ‘दिमाग खराब’को आक्रामक व्यापार, ‘वर्ड अफ माउथ’ अब्बल

निर्देशक निश्चल बस्नेतले शुक्रबार सुखद् अकुपेन्सी पाएपनि सिनेमालाई दर्शकबाट राम्रो 'वर्ड अफ माउथ' मिलेकाले शनिबार हलमा दर्शकको चाप उच्च देखिएकाले आइतबारबाट परेको तिहारको बिदामा 'दिमाग खराब'ले राम्रो व्यापार गर्ने विश्वास सहित मनको डर हटेको बताए ।

द सिनेमा टाइम्स
1.2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार सुखद् सुरुवात गरेको सिनेमा ‘दिमाग खराब’ले शनिबारको बिहानी शोमा ५१.५प्रतिशत दर्शकको साथ पाउँदा १२ बजेको सो पछि शतप्रतिशत अकुपेन्सी सहित हाउसफूल दर्शकको साथ पाएको छ । तिहारको अवसर पारेर प्रदर्शनमा आएको सनेमाले शनिबार अधिकांश हलका अनलाइन साइटमा हेर्दा बिहानदेखि रातीसम्मका शोमा दर्शकको चाप देखिएको हो। भने, ‘वर्ड अफ माउथ’ अब्बल छ ।

सिनेमाको निर्माण टिम शनिबार बिहानी शोबाट नै कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सुमन कार्की, कार्यकारी निर्माता सुरज बम ठकुरी र निर्देशक निश्चल बस्नेत दिनभर राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थिए ।

निर्देशक निश्चल बस्नेतले शुक्रबार सुखद् अकुपेन्सी पाएपनि सिनेमालाई दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ मिलेकाले शनिबार हलमा दर्शकको चाप उच्च देखिएकाले आइतबारबाट परेको तिहारको बिदामा ‘दिमाग खराब’ले राम्रो व्यापार गर्ने विश्वास सहित मनको डर हटेको बताए । सिनेमालाई दर्शक तथा समीक्षकले सिनेमा रुचाउनु भएको छ ।

निर्देशक बस्नेतले ‘दिमाग खराब’को ब्यस्तता सकिएपछि आफू अर्को सिनेमामा ब्यस्त हुने बताए । अब सिनेमा निर्माणमा ग्याप नराख्ने र अर्कोवर्ष सम्भवत अर्को सिनेमा ल्याउने प्रयास रहने छ । ‘दिमाग खराब’को सिक्वेल ल्याउने बिषयमा ‘सिक्वेल आवश्यकता अनुसार बनाउने हो । यसले राम्रो ग¥यो अब सिक्वेल बनाउनुपर्छ भन्ने मलाई लाग्दैन । मलाई केही नयाँ चीज बनाउनुपर्छ भन्ने लाग्छ’ उनले भने ।

अभिनेता खगेन्द्र लामिछानेले ‘दिमाग खराब’लाई दर्शकले रुचाएकोमा सम्पूर्ण दर्शकलाई धन्यवाद दिए । निश्चलले ६ वर्षपछि निर्देशन र आफुले ५ वर्षपछि पुरा सिनेमामा काम गरेकाले दर्शकको सर्पोट र माया आवश्यक छ । चाडबाडमा आफ्ना सिनेमा हेर्न जरुरी रहेको उनले बताए । यसो गर्न सकिए नेपाली सिनेमा उद्योगको विकास र राम्रा सिनेमा निर्माण हुनेछन् ।

हाम्रो सिनेमालाई ग्रो गराउनलाई अरुको सिनेमा हेरेर हुँदैन । यो ध्रुवसत्य कुरा हो । तीतो लाग्ला तर आफ्नो सिनेमा आफै हेर्ने हो । यहाँको उत्पादन किन्नुभयो भने त्यो ग्रो हुन्छ । देश त्यसरी बन्ने आधार निर्माण हुन्छन् । त्यसकारण आफ्नो चाडबाडमा आफ्नो सिनेमा हेरौं’ खगेन्द्र भन्छन् । जति धेरै दर्शकले सिनेमा हेर्नु हुन्छ, त्यति नै राम्रा नेपाली सिनेमा बन्ने आधार निर्माण हुने उनले बताए ।

अभिनेत्री स्वस्तिमा खड्काले सिनेमा हेरेका दर्शकबाट राम्रो प्रतिक्रिया पारेका र धेरै दर्शक दोहो¥याएर परिवार सहित हलमा आएको पाएको बताइन् । आज शनिबार हामी बिहानैदेखि काठमाडौं उपत्यकाका धेरै हलमा पुगेका छौं । सवैतिर दर्शकले सिनेमा निकै मन परेको बताइरहनु भएको छ । साथै, शुक्रबार एकल सिनेमा हेरेका दर्शकहरु शनिबारदेखि परिवार सहित हल पुगेको भेटिएकाले सिनेमाले तिहार बिदाको सदुपयोग राम्रैसँग गर्ने देखिएको बताइन् ।

हल रिपोर्टको क्रममा पत्रकारले अभिनेत्री खड्कालाई उनको भुमिकाबारे पाएको प्रतिक्रियाका बिषयमा समेत सोधेका थिए । जवाफमा अभिनेत्री खड्काले दर्शकले सिनेमाकी सचि पात्रलाई निकै माया गरेको भन्दै खुशी व्यक्त गरिन् । आफुले काम गरेका हरेक सिनेमाको चरित्रलाई दर्शकले मन पराई दिँदा आगामी दिनमा अझै चुनौती पूर्ण भुमिकामा काम गर्न हौसला मिल्ने स्वस्तिमा बताउँछिन् ।

कलाकार सुमन कार्कीको क्यारेक्टरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । पहिलो पटक सिनेमामा काम गरेकाले पनि दर्शकबाट पाएको माया र साथ प्रति आभारी रहेको बताए । कलाकारको रुपमा यसरी दर्शकमाझ उपस्थित हुन पाउँदा आनन्दको अनुभूति सहित अर्कै संसारमा पुगेको महशुस गरेको छु । भोलीमा दिनमा दिमाग खराबलाई लिएर दर्शकमा उत्साह अझै बढ्ने विश्वास उनको छ ।

दर्शक साक्षात्कार गर्न कलाकारसहित निर्माण टिम हलमा पुग्दा दर्शकको हुटिङ पाउनुका साथै कलाकारसँग सेल्फी खिच्न चाहने दर्शकको चाप निकै देखिएको थियो । सिनेमा हेरर हलबाट निस्किँदै गर्दा अधिकांश दर्शकले निर्माण टिमसँग ‘दिमाग खराब’को सिक्वेलको डिमाण्ड गरिरहेका थिए । वितरक गोबिन्द शाहीले शनिबार काठमाडौं उपत्यकामा मात्रै नभई देशैभरी सिनेमाले आक्रामक व्यापार गरेको बताएका छन् ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।