दिमाग खराब’को आक्रामक व्यापार कायमै, ‘वर्ड अफ माउथ’ अब्बल

दिमाग खराब’को आक्रामक व्यापार कायमै, ‘वर्ड अफ माउथ’ अब्बल

द सिनेमा टाइम्स
1.2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कार्तिक २४ गतेबाट देशभरका हलमा रिलिजमा आएको सिनेमादिमाग खराबले आक्रामक व्यापार गरिरहेको छ।

निश्चल बस्नेत निर्देशित सिनेमा आज रिलिजको पॉचौ दिन हो अब्बल वर्ड अफ माउथका कारण यो सिनेमाको व्यापार आज पनि बिहानी शो देखिनै आक्रामक देखिएको सिनेमा हलका अनलाइन साइटमा हेर्दा बिहान देखि राती सम्मका शोमा दर्शकको चाप देखिएको छ। सिनेमाको बिषयमा दर्शकको प्रतिक्रिया एक दम राम्रो भएका कारण व्यापार र शो संख्या अझै बढने निश्चित छ। तिहार बिदाको फाइदा सिनेमाले पर्याप्त मात्रामा उठाइरहेको छ।

सिनेमा आर्ट्स ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय

सिनेमामा रौनक विक्रम कडेल निर्माता सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन्

सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथारोहित शाक्यको ब्याकग्राउन्ड स्कोर सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् मोफसलमा मनोज राठी उज्वल पौडेलले वितरण गरेका छन।