‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यम शेर्पाको डेब्यू निर्देशनमा तयार हुन लागेको सिनेमा ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । उनीसँग निर्माण टिमले यसै साता सम्झौता गरेको हो । गत असारमा उनी अभिनीत फिल्म ‘परस्त्री’ प्रदर्शनमा आएको थियो भने तिहारअघि फिल्म ‘रङ्गेली’को एक गीतमा नृत्य गरेकी थिइन् ।

सिनेमामा यसअघि दयाहाङ राई, सुरक्षा पन्त, बुद्धि तामाङ र नव-कलाकार छिरिङ शेर्पा पनि फाइनल भैसकेका छन् । शिल्पाको प्रवेशसँगै सिनेमामा अब तीनजना नायिका हुने भएका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहनेसिनेमाको मंसिरको दोस्रो हप्ताबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन हुने निर्देशक शेर्पाले जानकारी दिए ।

निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद लेखन छ । ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने जनाइएको छ । यार्सा फिल्मस्को  व्यानरमा निर्माण हुन लागेको सिनेमाको ओभरसिज राइट्स छायाकंन अगावै बिक्री भैसकेको छ । सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्टले रिलिज गर्दैछ भने नेपालमा वितरण अधिकार आरआर फिल्मससँग छ ।