नेपाली सेन्सर बोर्डलाई बालेनको पत्र, दिए चार बुँदे सुझाव

नेपाली सेन्सर बोर्डलाई बालेनको पत्र, दिए चार बुँदे सुझाव

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपाली फिल्म सेन्सर बोर्डलाई चार बुँदे सुझाव दिदैं पत्र लेखेका छन् ।

मेयर साहले पत्रमा नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका सुझाव दिएका छन् । उनले केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाएको पत्रमा ‘चलचित्र जाँच समितिको कार्यविधि, २०७४’को दफा ४ को उपदफा १ लाई पूर्ण रुपमा कार्यान्वयन गरी आफ्ना चार बुँदे सुझावलाई प्रथमिक्तामा राख्न समेत अनुरोध गरेका छन् ।

पत्रमा उनले पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरेका छन् । उनले सिनेमाले समाजमा पात्ने सकारात्मक प्रभाव उल्लेखनीय रहेको बताउँदै सिनेमा निर्माण तथा प्रदर्शनमा महानगरको सकारात्मक साथ रहने र कार्याविधु अनुसार प्रतिबन्धित सिनेमाको दृश्य तथा संवादसहितका सिनेमा प्रदर्शनमा आएको खण्डमा काठमाडौं महानगरपालिकाले प्रचलित कानुन बमोजिम कदम चाल्नेसमेत बताएका छन् ।

उनले दिएका चार बुँदे सुझाव निम्नुसार रहेका छन् : –

१. नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधिनता र स्वाभिमानमा आँच आउने संवाद र प्रसारणमा रोक लगाउने ।

२. पञ्चशीलता सिद्धान्त/शान्ति प्रवर्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाए प्रसारणमा रोक लगाउने ।

३. कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने ।

४. कुनै पनि जातजाति, वर्ण समुदाय, लिङ्ग तथा शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद प्रसारणमा रोक लगाउने ।