सम्राट बस्नेतको निर्देशनमा ‘कंगारु’ निर्माण घोषणा

सम्राट बस्नेतको निर्देशनमा ‘कंगारु’ निर्माण घोषणा

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘कंगारु’को निर्माण घोषणा गरिएको छ । सिनेमालाई गण्डकी प्रदेशका सांसद् तथा पूर्व खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)ले निर्माण गर्नेछन् ।

सस्पेन्स, थ्रिलर र कमेडी जनरामा फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस् तथा आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने सिनेमाका निर्माता प्रेम थापा र धन बहादुर गुरुङ हुन् ।

टिका भण्डारी र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको सिनेमाको सह-निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । सिनेमाको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट अष्ट्रेलिया रहेको छ ।

लक्ष्मी ज्वेलर्स यूकेले पनि निर्माणमा सहकार्य गरेको सिनेमामा सिमा गुरुङको कथा लेखन र महेश दवाडीको पटकथा लेखन छ । आगामी फागुनदेखि छायांकन सुरु हुने सिनेमाका लागि कलाकार को रहने भन्ने निधो भैसकेको छैन् । केही कलाकारसँग छलफल चलिरहेको निर्देशक बस्नेतले बताए । दर्शकले केही फरक स्वाद पाउने सिनेमाको कथा फरक रहेको निर्देशक बताउँछन् ।