‘एनिमल’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक, रणवीरको लुक्सले बढायो दर्शकमा उत्साह

‘एनिमल’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक, रणवीरको लुक्सले बढायो दर्शकमा उत्साह

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर कपुरको मुख्य भुमिका रहेको सिनेमा ‘एनिमल’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन प्याक्ड दृश्यले भरिपूर्ण ट्रेलरमा सिनेमाको कथाको पनि खुलासा गरिएको छ ।

यो सिनेमा बाबुछोराको सम्बन्ध र त्यसले ल्याउने सामाजिक असरको कथामा आधारित रहेको बुझ्न सकिन्छ । बाबुले छोरालाई बाल्यकालदेखि नै समय दिन नसक्दा छोरामा विकास हुने आपराधिक र हिंसात्मक संस्कार अनि परिवारमा विग्रह आउँदा तेस्रो व्याक्तिले गर्ने चलखेलमा सिनेमा केन्द्रित छ ।

‘कवीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी बांगा निर्देशित सिनेमामा पनि हिंसा र प्रेमको मनोविज्ञानलाई चित्रण गरेका छन् । रणवीरको चरित्रमा बहुआयामिक देख्न सकिन्छ । अनिल कपुरलाई उनका पिता र रश्मिकालाई पत्नीको रुपमा देखाइएको छ । बबी देओल खलपात्रको भूमिकामा छन् ।

एनिमलमा धेरैपछि सशक्त अभिनय रणवीरको देखिन्छ । ट्रेलर डार्क भए पनि व्यावसायिकता पनि मिश्रण गरिएको छ । बबी देओलको इन्ट्री दमदार लाग्छ । उनी ग्याङस्टर चरित्रमा देखिन्छन् । टिसिरिजको व्यानरमा निर्माण भएको सिनेमा मंसिर १५ अर्थात् डिसेम्बर १ बाट भारतसहित विश्वभर प्रदर्शन हुनेछ ।