फरक शैली बोकेको ‘जम्प’, हेर्नुस् नयाँ ट्रेलरमा के छ ?

फरक शैली बोकेको ‘जम्प’, हेर्नुस् नयाँ ट्रेलरमा के छ ?

द सिनेमा टाइम्स
525
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फरक स्वाद दिने नेपाली सिनेमा हेर्ने चाहाना राख्ने दर्शकहरु नेपालमा विस्तारै बढिरहेको छ । त्यस्तै यस्ता खाले सिनेमा निर्माणको क्रममा पनि जारी छ । वर्षेनी एउटा न एउटा त्यस्ता खाले सिनेमा बनिनै रहेका छन् ।

डेब्यू निर्देशक आशुतोषध्वज कार्कीले यस्तै सिनेमा ‘जम्प’ लिएर आएका छन् । सिनेमा मंसिर २९ गते रिलिज हुँदैछ । रिलिज मिति नजिकिदै गर्दा कार्कीले पहिलो ट्रेलर सार्वजनिक गरेको दुई सातापछि सिनेमाको फाइनल ट्रेलर रिलिज गरेका छन् ।

सार्वजनिक ट्रेलरमा मुख्यपात्रको वास्तविक जीवन बाधा र त्यसलाई पन्छाउनका लागि चालेको एउटा अनौठो कदमपछिको अवस्था र तनावलाई प्रस्तुत गरिएको छ । सिनेमाले आशिष जो पेसाले एथ्लेटिक्सका खेलाडी हुन्, उनले आफ्नो जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएपछि आउने घटनाक्रमको कथा पेस गर्छ ।

सिनेमामा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री। अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको प्रमुख अभिनय रहेको छ ।

फरक स्वासको सिनेमा भएकाले दर्शकका लागि रुचिकर हुने आशा निर्माणपक्षले गरेको छ । सिनेमाको कथा र संगीत स्वयं निर्देशक कार्की हो । इशा खड्का कार्यकारी निर्माता रहेको सिनेमालाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।