तेश्रो हप्तामा ‘दिमाग खराब’, वक्सअफिसमा कमाइ अझै उस्तै

तेश्रो हप्तामा ‘दिमाग खराब’, वक्सअफिसमा कमाइ अझै उस्तै

द सिनेमा टाइम्स
490
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तेश्रो हप्तामा प्रवेश गरेको निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ सिनेमाले नेपाली वक्सअफिसमा आफ्नो सुखद कमाइ जारी राखेको छ । दुई सातामा सात करोड कमाइ गरेको सिनेमाले तेश्रो सातामा पनि उत्साहजनक कमाइ गर्ने अनुमान छ ।

सिनेमाले बिदाको दिनमा त राम्रो व्यापार गरिरहेकै छ भने अन्य दिनमा पनि कमाइ गज्जबको छ । सिनेमाको माउथ पब्लिसिटी अत्यन्तै राम्रो भएकाले नेपाली हलहरुमा ‘दिमाग खराब’ अझै केही साता रहनेछ । समसामयिक राजनीतिक तथा सामाजिक कथाबस्तु रहेको सिनेमाले राम्रो तारिफ बटुलिरहेको छ । समीक्षकीयरुपमा पनि सिनेमाले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

सिनेमा हेर्नेहरुले सिनेमाको कथा, कलाकारको अभिनयको खुलेर तारिफ गरेका छन् । रिलिजको पहिला साताबाट नै नाफामा गइसकेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, सुमन कार्की, स्वस्तिमा खड्का, पुस्कर गुरुङ, विजय बराल, रमा थपलिया आदिको अभिनय रहेको छ।

सिनेमा आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमाका निर्माता रौनक विक्रम कडेल हुन भने कार्यकारी निर्मातामा सुरज बम मल्ल ठकुरी रहेका छन् । काठमाडौंमा सिनेमाका वितरक गोविन्द शाही हुन् भने काठमाडौं बाहिर मनोज राठी हुन् ।