दमकमा शुभमुहूर्त गर्दै सिनेमा ‘यो मन त मेरो नेपाली हो’को छायांकन सुरु

दमकमा शुभमुहूर्त गर्दै सिनेमा ‘यो मन त मेरो नेपाली हो’को छायांकन सुरु

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दमकको पशुपतिनाथ मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमा ‘यो मन त मेरो नेपाली हो’को छायांकन सुरु गरिएको छ ।

सिनेमाको मुख्य पात्रहरुमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, नारायण खाती आदिको अभिनय रहने छ ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा मित्र प्रधान (नर)को प्रस्तुतिमा निर्माण हुन् लागेको सिनेमाले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर)ले निर्देशन गर्दैछन् ।

यो सिनेमाले नेपाली को हुन ? भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए । शिवम् अधिकारीको लेखन रहेको सिनेमाले विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीले बिर्सदै गएको आफ्नो कला तथा संस्कृति सिनेमाको माध्यमबाट सम्झाउँन खोजिएको छ ।

सिनेमाको अमेरीका, म्यानमार, भुटान र भारतका नेपाली भाषि अभियन्ताहरु नेपाल आएर नेपाली भाषाको अध्ययन अनुसन्धान गरी नेपाली भाषाको महत्व, नेपालीको विरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुटान, म्यानमार, भारतसम्म पुगे र त्यँहाका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो सिनेमाले बोल्नेछ । सिनेमाले बिशुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषाप्रति प्रेरित गर्ने लेखक शिवम् अधिकारीले बताए ।

सिनेमाको पहिलो चरणको छायांकन पाँचथरबाट सुरु गरि झापा हुँदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगाएतको देशहरुमा हुनेछ । सिनेमामा अध्ययन अनुसन्धान बढि गर्नुपर्ने भएको हुँदा निर्माणमा समयबढि लाग्न सक्ने निर्माण कम्पनीको अनुमान छ ।

मित्र प्रधान (नर)को कथा तथा निर्देशन रहेको सिनेमामा दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाँको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहने छ । सिनेमामा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल र प्रोडक्सन डिजाइनरमा सुमन काफ्ले छन् ।