शंकरको ‘तेल भिसा’को लाइनअप पूरा, रिलिज भदौ २८ मा

शंकरको ‘तेल भिसा’को लाइनअप पूरा, रिलिज भदौ २८ मा

सिनेमा नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुनेछ ।

द सिनेमा टाइम्स
1.5k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने ‘तेल भिसा’ सिनेमाले कलाकारको अन्तिम टुङ्गो लगाएको छ । कलाकारसँगै सिनेमाले रिलिज मितिसमेत घोषणा गरेको छ ।

सिनेमा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ । विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाई सिनेमाका निर्माता हुन् ।

सिनेमा नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुनेछ । सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको सिनेमा चैतको दोश्रो साताबाट फ्लोरमा जानेछ ।

‘तेल भिसा’ले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुनेक्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ । सुशन प्रजापतीले खिच्ने सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ ।