‘रङ्गेली’बाट अर्पण थापाको ‘भगवान् दादा’ लुक्स सार्वजनिक

‘रङ्गेली’बाट अर्पण थापाको ‘भगवान् दादा’ लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘रङ्गेली’बाट अभिनेता अर्पण थापाको भगवान् दादाको लुक्स सार्वजनिक गरिएको छ । उनको लुक्सले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । सिनेमाको निर्माण टिमले यसअघि नै दयाहाङ र मिरुनाको लुक्स सार्वजनिक गरेको थियो ।

अभिनेता थापाले ‘रङ्गेली’मा जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको सिनेमामा अर्पण, दयाहाङ र मिरुनाका अलवा प्रवीण खतिवडा, रमेश बुढाथोकी र रवीन बोगटीको मुख्य भूमिका रहेको छ । सिनेमाका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाई र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाई सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो सिनेमा नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।