‘दुई कदम’को तेस्रो गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक

‘दुई कदम’को तेस्रो गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दुई कदम’को तेस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको ‘ए मेरा बाबैनी’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुलाई फिचर्ड गरिएको छ ।

वर्षा सिनेमाको यही गीतमा मात्रै देखिने छिन् । डेव्यु अभिनेता लिम्बु पहिलो सिनेमामा नै वर्षासँग स्क्रिन सेयर गर्न पाउँदा मख्ख छन् । सिनेमाको सार्वजनिक गीतमा आशिष अविरलको संगीत तथा स्वर अनि निरुषा भट्टराईको शब्द रचनासँगै स्वर रहेको छ । कविराज गहतराजे कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् ।

उदय सुब्बा निर्देशित सिनेमामा वर्षा र इओनका अलवा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ । सिनेमामा सिनेमाको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । सिनेमाको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन सिनेमामा रहेको छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।