पौष २७ बाट रिलिज हुने ‘चित्रा’को पोस्टर सार्वजनिक

पौष २७ बाट रिलिज हुने ‘चित्रा’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी पौष २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चित्रा’को पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ३ पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित सिनेमाका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ ।

सिनेमाको दोश्रो पोष्टरमा मुख्य तीन अभिनेत्री शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराईलीसँगै अभिनेता अर्पण, प्रमोद र सन्तोषलाई देख्न सकिन्छ । पोस्टरमा शुभेक्षा र अन्जना मुस्कुराइरहेका छन् भने सन्तोष, अर्पण, प्रमोद र मेनुका गम्भीर भावमा छन् ।

तेश्रो पोस्टरमा मुख्य अभिनेता सन्तोषले सिनेमामा छोरी बनेकी बाल कलाकार आयुशीलाई पिठ्यूमा बोकेका छन् भने अभिनेत्री सिम्रन खड्का मुस्कुराइरहेको देख्न सकिन्छ । बाबुछोरीको कथा प्रस्तुत गरिएको पारिवारिक सिनेमाका यी पोस्टरले ‘चित्रा’ आखिर को हुन् त ? भन्ने कौतुहलता उत्पन्न गराउँछ ।

‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाश, अन्जना, सिम्रन, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ । ग्रे र कलरफुल थिममा तयार पारिएका यी पोस्टरले सम्बन्ध र तीनका आयातनको कथा दर्शकलाई पस्किने अनुमान गर्न सकिन्छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो सिनेमा राजनराज शिवाकोटीको संगीत छ । महेश पौडेलले छायाँकन गरेको सिनेमामा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको सिनेमाको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । सिनेमामा शैलेश श्रेष्ठको पाश्र्व संगीत, सोनाली शिल्पकारको मेकअप, बिजय बस्यालको पोष्टर डिजाइन रहेको छ । सिनेमाको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।