दीपेन्दले घोषणा गरे ‘दु:खी आत्मा’, मुख्य भुमिकामा दयाहाङ

दीपेन्दले घोषणा गरे ‘दु:खी आत्मा’, मुख्य भुमिकामा दयाहाङ

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको लेखक तथा निर्देशनमा निर्माण हुने सिनेमा ‘दु:खी आत्मा’को निर्माण घोषणा गरिएको छ । ‘नाङ्गो गाउँ’ निर्माण कम्पनि क्लक वर्क क्रियसन्स र हिमाल कडरिया निर्माता रहेको सिनेमाको मुख्य भुमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित् भइसकेका छन् ।

स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दु:खी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोश्रो पटक सहकार्य हुन लागेको हो । ‘नाङ्गो गाउँ’ को सफलतासँगै निर्माता कडरियाले निर्देशक लामाकै लेखन तथा निर्देशनमा एउटा बेनामे र अर्काे ‘नाङ्गो गाउँ २’ गरी दुई सिनेमा निर्माण गर्ने घोषणा गरेका थिए ।

अहिले आएर सिनेमा नाम ‘दु:खी आत्मा’ तय गरिएको हो । यस वर्षको अन्त्यतिरबाट छायांकन सुरु गरिने सिनेमाका अभिनेत्री लगायत अन्य कलाकर तथा प्राबिधिक चयन कार्य बाँकी छ । काठमाडौंमै खिचिने सिनेमा सोसियल कमेडी जनरामा निर्माण हुने जानकारी निर्देशक लामाले दिएका छन् ।

निर्देशनको हिसाबले ‘दु:खी आत्मा’ निर्देशक लामाको छैठौं सिनेमा हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् । ‘बाहिर हामी सबैको मुहार हसिलो देखिए पनि भित्रभित्रै कति दु:खी भइरहेका हुन्छौं, त्यही अबस्थालाई प्रतिकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं,’ निर्देशक लामाले भने, ‘सिनेमाले मानवीय स्वभावका बिभिन्न आयाम प्रस्तुत गर्ने बिश्वास लिएको छु ।’

अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथोपटक ‘दुखी आत्मा’ मा सहकार्य हुदैछ । अधिकांश प्राबिधिक टोली ‘नाङ्गो गाउँ’ कै रहने यो सिनेमाको बितरण पनि आरआर फिल्मस्ले गर्दैछ । सिनेमाको प्रदर्शन मिति छायांकन सुरुसँगै सार्वजनीक गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।