‘एनिमल’को इन्टीमेट सिनमा चल्यो सेन्सर बोर्डको कैंची

‘एनिमल’को इन्टीमेट सिनमा चल्यो सेन्सर बोर्डको कैंची

द सिनेमा टाइम्स
315
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट बलिउड सिनेमा ‘एनिमल’ विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । ट्रेलर रलिज पश्चात दर्शकमाझ बनेको उच्च हाइपको प्रभाव सिनेमाको अग्रीम टिकट बुकिङमा समेत देखिन थालेको छ ।

बलिउड मिडियाका अनुसार एनिमल रिलिजको दुई दिन बाँकी छँदै करिब साढे ४ लाख पहिलो दिनका लागि अग्रीम टिकट बुकिङ भैसकेका छन् । जसले गर्दाको पहिलो दिन नै भारतमा हिन्दीमा मात्रै ५० करोड माथीको ओपनिङ गर्ने प्रक्षेपण बलिउड ट्रेड एनालिस्टहरुले गरिरहेका छन् । यसैबीच सिनेमामा समावेश इन्टीमेट सिनेमा भारतीय सेन्सर बोर्डले कैंची चलाएका खबर सार्वजनिक भैरहेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसारमा सिनेमामा मुख्य अभिनेता रनवीर कपुर र अभिनेत्री रश्मिका मन्दनाका इन्टीमेट सिन समावेश गरिएका थिए । जसमा भारतीय सेन्सर बोर्डले कैंची चलाएको छ । एडल्ट सर्टिफिकेट पाएको सिनेमामा इन्टीमेट सिन लामो र समाजका लागि अपाच्य रहेको भन्दै छोट्याउन र ती सिनलाई सिम्बोलिक रुपमा प्रस्तुत गर्न आदेश सेन्सर बोर्डले दिएको हो ।

बाबुछोराको सम्बन्धको कथामा ‘कवीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी बांगा निर्देशित सिनेमामा हिंसा र प्रेमको मनोविज्ञानलाई चित्रण गरिएको छ । सिनेमामा रणवीरको चरित्रमा बहुआयामिक देख्न सकिन्छ । अनिल कपुरलाई उनका पिता र रश्मिकालाई पत्नीको रुपमा देखाइएको छ । बबी देओल खलपात्रको भूमिकामा देखिएका छन् ।