सेभेन सिज इन्टरटेनमेन्टले किन्यो ‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार

सेभेन सिज इन्टरटेनमेन्टले किन्यो ‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार

द सिनेमा टाइम्स
693
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकिय सिनेमा ‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्रि भएको छ । सिनेमाको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो । बुधबार निर्माण कम्पनि बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच सिनेमा रिलिजलाई लिएर औपचारिक रुपमा लिखित सम्झौता भएको थियो ।

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को आगामी माघ २६ गतेबाट प्रदर्शन हुनेछ । अभिनेता माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित सिनेमालाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् । गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भन्ने गरिन्छ । सिनेमामा अभिनेत्री दीया पुनलाई दयालु युवतीको रुपमा प्रस्तुत गरिएको छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस्ले वितरण गर्नेछ ।