५१औ दिनको तयारीमा ‘परदेशी २’, विदेशमा पनि दर्शकको साथ

५१औ दिनको तयारीमा ‘परदेशी २’, विदेशमा पनि दर्शकको साथ

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत असोज २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘परदेशी २’ले पनि ५१ औं दिन मनाउने भएको छ । सिनेमाले भोली शनिबार आधा दर्जन बढी हलमा ५१औं दिने मनाउन लागेको हो । राजधानीमा अष्टनारायण र गोपीकृष्ण हलमा प्रदर्शनरत सिनेमा बिहीबारसम्म आइएनआई सिनेमाजको नयाँ बानेश्वरमा पनि चलिरहेको थियो ।

त्यस्तै, उपत्यकाबाहिर बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा पनि सिनेमा प्रदर्शनरत रहेको निर्माता राजेश वंशलले बताए । नेपालमा सिनेमाले ५१औं दिन मनाउन लाग्दा विदेश प्रदर्शन पनि सुरु भएको छ ।

सिनेमा अहिलेसम्म यूएई, बहराइन, कतार, इराक, ओमानसँगै माल्टा लगायतका देशमा प्रदर्शनमा आइसकेको छ भने कुवेत, फिनल्याण्ड, स्पेन, जापान, अस्ट्रेलिया, यूके, हङकङ, क्यानडा, न्यूजल्याण्ड, भारत लगायतका देशहरुमा केही दिनमा प्रदर्शन हुँदैछ । अमेरिकाका विभिन्न सहरहरुमा भने प्रदर्शन भइरहेको छ । सिनेमाले नेपालमा जस्तै विदेशमा पनि दर्शकको राम्रो साथ पाइरहेको निर्माणले जानकारी दिएको छ ।

नारायण रायमाझीको निर्देशनमा बनेको सिनेमामा प्रकाश सपूत, नीर शाह, रमा थपलिया, दीलिप रायमाझी प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, सबिन बास्तोला, देबेन्द्र बब्लु लगायतको अभिनय रहेको छ । युवापुस्तामा रहेको विदेश मोह र त्यसले परिवारसँगै नेपाली समाजमा पारिरहेको प्रभावको कथामा सिनेमा निर्माण गरिएको छ ।