मंसिर २९ मा ‘जम्प’, निर्देशक भन्छन् – फरक देखिए पनि सबै दर्शकले मेरो सिनेमा बुझ्नुहुन्छ

मंसिर २९ मा ‘जम्प’, निर्देशक भन्छन् – फरक देखिए पनि सबै दर्शकले मेरो सिनेमा बुझ्नुहुन्छ

'यो कुनै सिनेमासँग प्रभावित छैन, ओर्जिनल कन्टेन्ट हो । साइकियाट्रिक्सहरुले हेर्दा पनि एक्कुरेट पाउनुहुन्छ', उनले दाबीका साथ भने । यसको फ्लट उनलाई सपनामा फुरेको थियो । सपनामा फुरेको कुरा उनले लेखेर राखेका थिए, पछि फुरेपछि त्यही आइडियालाई परिमार्जन गरेर सिनेमाको रुप दिए ।

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ओस्कर फिल्म कलेजका सन् २०१३ का व्याज हुन तर उनले बिचमा नै ड्रप गरे । सिनेमा स्कूलबाट ड्रप आउट भएपनि उनको सिनेमा मेकिङसम्बन्धी रुचि परिवर्तन भएन । उनी एड सिनेमातीर हानिए । तपाईहरुले पछिल्लो पटक हेर्नुभएका अनलाइन सपिङ वेवसाइट दराज एघार-एघारको विज्ञापन होस् वा एनसेलका विज्ञापन। सबै उनकै श्रृजनशिल दिमागका उपज हुन।

उनी हुन् आशुतोषध्वज कार्की । मंसिर २९ गतेको व्यग्र प्रतिक्षा छन् आशुतोष । कारण हो उनको डेब्यू सिनेमा – जम्प । नेपाली सिनेबजारमा ठूलो हल्लाखल्ला त उनले गरिरहेका छैनन् तर डिजिटल प्लेटफर्महरुमा भने उनले यो सिनेमाको सक्दो प्रचार गरिरहेका छन्।

यो सिनेमाको प्रचार अन्य सिनेमाको जस्तो किन छैन त ? ‘यो सिनेमा हामीले एकदमै कम बजेटमा बनाएका छौं, तपाईले विश्वास नै गर्न नसकिने पैसामा । एउटा सिनेमा महोत्सवले हाम्रो सिनेमा मेकिङका हिसाबले महँगो भयो भनेर देखाउन अस्विकार गर्‍यो’, उनले भने ।

उनका अनुसार यो सिनेमा झण्डै ४० लाखको हाराहारीमा तयार भएको छ । सिनेमामा सानैदेखि रुचि राख्ने उनले यो सिनेमा आफूले ओस्कर कलेज पढ्दै गर्दा लेखेको स्क्रिप्टमा २.५ करोड को बजेट आएपछि आफूलाई सिनेमा बनाउन सक्षम छु भनेर प्रमाणित गर्न सो पहिले लेखिएको सिनेमालाई बजेट जुटाउन बनाएका हुन् ।

प्राइभेट स्क्रिनिङहरुमा सिनेमाले तारिफ बटुलेको छ जसका कारण केही व्यक्तिहरु उनको बिग बजेट सिनेमामा काम गर्न इच्छुक देखिएका छन् । ‘ओस्कर पढ्दै गर्दा एक सिनेमाको स्क्रिप्ट लेखेको थिएं, बजेटिङ गर्दा २.५ करोड माथिको लगानी आयो । एक त नयाँ त्यसमाथि विज्ञापन बनाउने कसले यत्रो लगानी खन्याउने एउटा डेब्यू निर्देशकमाथि’, उनले भने, ‘ कम बजेटको सिनेमा बनाएर आफ्नो क्षमता प्रमाणित गर्ने र त्यो महँगो बजेटको सिनेमा बनाउने भनेर ‘जम्प’ बनाएं।’

नेपाली सिनेमा बजार जुवाको खाल भन्दा खतरनाक छ । चल्ने-नचल्ने कुनै ठेगान नभएको । यो तगारोले उनलाई रोकेन, जसका कारण उनले यो सिनेमा बनाए । उनका अनुसार ‘जम्प’ एउटा मनोवैज्ञानिक थ्रिलर सिनेमा हो ।
कस्तो खाले कथा होला भन्ने कौतुहलता हुनेहरुका लागि उनी विपी कोइरालाले लेखेको ‘दोषी चश्मा’को उदाहरण दिन्छन् ।

‘यो कुनै सिनेमासँग प्रभावित छैन, ओर्जिनल कन्टेन्ट हो । साइकियाट्रिक्सहरुले हेर्दा पनि एक्कुरेट पाउनुहुन्छ’, उनले दाबीका साथ भने । यसको फ्लट उनलाई सपनामा फुरेको थियो । सपनामा फुरेको कुरा उनले लेखेर राखेका थिए पछि फुरेपछि त्यही आइडियालाई परिमार्जन गरेर सिनेमाको रुप दिए ।

यसका लागि उनले साइकोलोजीको अध्ययन गरे र सोही अनुसार पात्र र अवस्थाहरु बनाउँदै सिने ढाँचामा ढाले । उनी आफ्नो सिनेमालाई आत्मविश्वासी छन्।

‘लगभग ४० जना जत्तिले हेर्नुभयो सबैले प्रशंसा गर्नुभएको छ। यस्तो नेपाली सिनेमामा अहिलेसम्म हेर्या छैन भन्ने प्रतिक्रिया दिनुभएको छ’, उनले खुलासा गरे, ‘हलपछि सिनेमा विश्वको चर्चित अनलाइन स्ट्रिमिङ साइटमा पनि रिलिज हुने पक्का भइसकेको छ नामचाँहि पछि भन्छु।’

उनले ट्रेलर हेर्दा सिनेमा आम दर्शकले बुझ्लान कि नबुझ्लान भनेर धेरैले जिज्ञासा राखेको सम्झदैं भने- एकदमै लेयरड छ, सबैखाले दर्शकले बुझ्नुहुन्छ। ट्विस्ट र थ्रिलरहरु सबैलाई मनपर्छ।