सिनेमाघर एपमा रिलिज भयो खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’

सिनेमाघर एपमा रिलिज भयो खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट अभिनेता तथा निर्माता खगेन्द्र लामिछानेको डेव्यु निर्देशकिय सिनेमा ‘पानीफोटो’ ओटिटी प्लेटफर्म सिनेमाघर एपमा रलिज भएको छ । सिनेमाघर एपमा २ सय रुपैयाँ शुल्क तोकिएको सिनेमाको विश्वभरबाट हेर्न सकिन्छ । यो सिनेमाले राम्रो समीक्षा पाएको थियो ।

सिनेमामा खगेन्द्र लामिछानेको निर्देशक तथा लेखन रहेको छ । उनी सिनेमाघर एपका सञ्चालक पनि हुन् । सिनेमामा उनले विशेष भूमिकामा अभिनय गरेका छन् भने अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्षण भारती लगायतको पनि अभिनय छ ।

टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा रोजिना सिटौला र रवीन्द्र बज्राचार्य छन् । यो सिनेमामा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, पुष्पा संगमको पाश्र्व संगीत तथा अर्जुन कार्कीको स्थलगत सम्पादन छ । द्वन्द्वकालको समयमा बेपत्ता भएको छोराको पखाईमा रहेका एक दाम्पतीको कथामा सिनेमा आधारित छ ।

यसअघि सिनेमाघर एपमा ‘महापुरुष’, ‘जारी’, ‘जय भोले’, ‘कबड्डी ४’, ‘रातो टीका निधारमा’, ‘प्रेमगञ्ज’, ‘दोख’, ‘रोमियो एण्ड मुना’, ‘हिजो आजका कुरा’, ‘चपली हाइट ३’ लगायतका सिनेमा रिलिज भैसकेका छन् । नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पनि भुक्तानी गरेर यो एपमा सिनेमा हेर्न सकिन्छ ।