‘कबड्डी’ पछि ‘रिमै’मा दयासँग आउँदै रिस्मा

‘कबड्डी’ पछि ‘रिमै’मा दयासँग आउँदै रिस्मा

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स,काठमाडौं।ब्लकबस्टरकबड्डीसिरिजको पहिलो भागमा काजीकी सपनाकी रानीमैंयाबनेकी अभिनेत्री रिस्मा गुरुङ्ग पुनः अभिनेता दयाहाङ्गराईसँग सिनेमामा देखिने भएकी छन्।रिमैबाट उनीहरु चर्चित जोडी फेरी पर्दामा आउन लागेको हो

गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बन्ने सिनेमालाई खिल बहादुर गुरुङ्गले निर्देशन गर्नेछन्।

सिनेमामा दया रिस्माका अलावा विरबल घले प्रमूख भूमिकामा देखिनेछन्।उपेन्द्र सुब्बा सिनेमाका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ्ग अभिनेता घलेले लेखेका हुन्।

सिनेमाको कार्यकारी निर्मातामा  बिर बल घले  निर्माता हरु,टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेकछन् भनेदुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा सिनेमामा सहनिर्माताका रुपमा रहनेछन्।

सिनेमाको हाल प्रिप्रोडक्सन चलिरहेको भने निर्माणपक्षले थप जानकारी केही समयपछि दिने जनाएको छ।रिमैको चैत्रमा फ्लोरमा जाने गरी तयारी भइरहेको छ।

कबड्डीसिनेमामा दया रिस्माको नोकझोकलाई दर्शकहरुले खुबै मनपराएका थिए। यो सिनेमाले त्योकेमिस्ट्रीलाई पुनः  ताजागराउने अनुमान गर्न सकिन्छ।सिनेमालाई बितरण  आरआर फिल्मस्ले गर्दैछ।