‘कंङ्गारु’मा केदार घिमिरे अनुबन्धित

‘कंङ्गारु’मा केदार घिमिरे अनुबन्धित

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता केदार घिमिरेले सिनेमा ‘कंङ्गारु’मा अनुबन्धित भएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमबाट बाहिर रहेर सुदर्शन थापा निर्देशित ‘रामकहानी’मा काम गरेका उनी दोस्रो पटक ‘कङ्गारु’मा जोडिएका हुन् ।

सोमबार निर्माता र कलाकार घिमिरेबीच कागजी सम्झौता भएको छ । सिनेमामा अनुबन्धित भएपछि केदारले आफू काम गर्न उत्साहित रहेको बताए । सम्राट बस्नेतको निर्देशन रहने सिनेमामा गण्डकी प्रदेशका सांसद् तथा पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)को लगानी रहनेछ ।

कमेडी, थ्रीलर तथा सस्पेन्स जनरामा बन्न लागेको सिनेमाको निर्मातामा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई छन् । फुलमुन मोसन पिक्चर्स, लक्ष्मी ज्वेलर्स (युके) र उत्तरगया म्युजिक एण्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टले निर्माणमा सहकार्य गरेको छ ।

‘कङ्गारु’को सह-निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् भने टीका भण्डारी र सन्तोष अधिकारी कार्यकारी निर्मातामा छन् । सिनेमाको लाइन प्रोड्यूसर आस्याप इन्टरटेन्मेन्ट अष्ट्रेलिया हो । सीमा गुरुङको कथा र महेश दवाडीको पटकथा रहेको सिनेमाका प्रोडक्सन डिजाइनर दीलिप पन्त हुन् ।