माधव खरेल निर्देशित ‘चिठ्ठी’को पहिलो गीत ‘टुटेको तारा’ रिलिज

माधव खरेल निर्देशित ‘चिठ्ठी’को पहिलो गीत ‘टुटेको तारा’ रिलिज

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माधवराज खरेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘चिट्ठी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘टुटेको तारा’ बोलको वियोगान्त गीतमा शिव परियारको स्वर, डा कृष्णहरि बरालको शब्द रचना र सरोज कोइरालाको संगीत छ । गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता सञ्जीत भण्डारी फिचर्ड छन् ।

सिनेमाको सार्वजनिक गीतको भिडियोमा उनी प्रेम वियोगमा मानसिक सन्तुलन गुमेको पात्रको रुपमा जीवन्त देखिएका छन् । सिनेमामा सञ्जीतका अलवा खड्ग बहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुसाल, श्रीदेव भट्टराईको पनि मुख्य भूमिका छ ।

जीवन पराजुली र राजन खरेलले खिचेको सिनेमामा नम्रता खरेल, रश्मि भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपूत, प्रह्लाद खरेल, उद्धव भट्टराई, समीर लामा, पूर्ण राई, पुरुषोत्तम सानु लगायतले महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका छन् । सिनेमालाई निर्देशक खरेल र अच्युत बजगाईले सम्पादन गरेका हुन् ।

एरा प्रोडक्सनको ब्यानरमा कमला जोशीको लगानी रहेको सिनेमाको सहनिर्माता अनिता कुँवर, समीर खान र कृष्णादेवी आचार्य हुन् । काठमाडौं, काभ्रेपलान्चोक तथा ललितपुर क्षेत्रमा छायांकन गरिएको हो । सिनेमाको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।