‘दान्भी’ पोस्टरमा मेसिनगन चलाउँदै पूजा शर्मा

‘दान्भी’ पोस्टरमा मेसिनगन चलाउँदै पूजा शर्मा

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पूजा शर्मा नेपाली एक्सन प्रधान सिनेमा ‘दान्भी’मा शक्तिशाली मेसिनगनसहित देखिने भएकी छन् । मंगलबार उनको चरित्र चित्रण गर्ने एउटा पोस्टर सार्वजनिक गरिएको छ । जसमा उनी मेसिनगन लिएर लडिरहेकी छन् ।

पूजाको निधारमा चोट पनि छ । सम्भवतः पहिलोपटक नेपाली सिनेमामा मेसिनगनको प्रयोग भएको हो । यही सिनेमाका लागि पूजाले महिनौं एक्सनको ट्रेनिङ समेत लिएकी थिइन् । रोमान्टिक भूमिकामा रुचाइएकी उनी पहिलोपटक एक्सन अवतारमा देखिन लागेकी हुन् ।

रुपेश तामाङद्वारा निर्देशित सिनेमामा देव मगर र अनुप गडाल निर्माता, पवन राना मगर कार्यकारी निर्माता, कमला लिम्बु, पन्च बहादुर तामाङ र श्रवणकुमार श्रेष्ठ सह-निर्मातामा छन् भने हरि लामा ‘घले’को छायांकन, संजोग रानाको संवाद, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी र केदारराज नेपालीको संगीत रहेको छ ।

निर्देशक तामाङले सिनेमाको एक्सनलाई आफूहरुले नयाँ तहमा तयार पारेको बताएका छन् । त्यसैगरी, सिनेमामा कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, सत्यम रानाको भीएफक्स तथा नवराज शर्मा मुख्य सहायक निर्देशन छ । सिनेमाको टिजर केही हप्तामै सार्वजनिक गरिँदैछ । टिजरसँगै सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।