‘वान्टेड’ भिलेन ह्यारी जोश ‘देव वाणी’ छायांकनको लागि नेपालमा

‘वान्टेड’ भिलेन ह्यारी जोश ‘देव वाणी’ छायांकनको लागि नेपालमा

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता ह्यारी जोशले नेपाली सिनेमामा अभिनय गर्न नेपाल आएका छन् । उनी बलिउडमा नकारात्मक भुमिकामा रुचाइएका कलाकार हुन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता सिनेमामा अभिनय गरिसकेका उनी नेपाली सिनेमा ‘देव वाणी’मा देखिन लागेका हुन् ।

सिनेमामा अभिनय गर्न उनी बुधबार नेपाल आइसकेका छन् । उनलाई सिनेमाको टिमले त्रिभुवन विमानस्थालमा खादा र मालाले स्वागत गरेको थियो । बिहीबार बिहानदेखि बालाजु ल्याबमा जोशको भागको छायांकन भैरहेको निर्देशक बाबु साहेव बलामीले बताए । करिब ६ दिन सिनेमाको अन्तिम चरणको छायांकन हुनेछ ।

सिनेमामा ह्यारीको विशेष भूमिका रहेने बलामीले जानकारी दिए । सिनेमा हिन्दी भाषामा पनि बनेकाले भारतीय कलाकारलाई समेटिएको उनको भनाई छ । सिनेमा नेपालसँगै भारतमा पनि हलमा रिलिज हुनेछ । दशैंभन्दा अगाडि नै सिमरा र वीरगञ्ज क्षेत्रमा छायांकन भैसकेको सिनेमाको काठमाडौं छायांकनपछि प्याकअप हुनेछ ।

एक्सन-लभस्टोरी कथामा बनेको सिनेमामा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनाको पनि अभिनय रहेको छ । मिना खड्का र हिराबहादुर लेप्चा सिनेमाका निर्माता हुन् ।

अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको सिनेमाको कथा निराजन मेहता मन्जिलको हो । सिनेमाको कार्यकारी निर्मातामा कुलमान लेप्चा छन् । श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायांकन, रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र बन्दे प्रसादको सम्पादन सिनेमामा रहनेछ ।