क्राइम थ्रिलर ‘११:५५’ को निर्माण घोषणा, मुख्य भुमिकामा सृष्टी, महेश, सागर र करिष्मा

क्राइम थ्रिलर ‘११:५५’ को निर्माण घोषणा, मुख्य भुमिकामा सृष्टी, महेश, सागर र करिष्मा

द सिनेमा टाइम्स
490
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली सिनेमा ‘११ः५५’ को निर्माण घोषणा गरिएको छ ।

केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने सिनेमामा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतको अभिनय रहनेछ । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको सिनेमा क्राइम, थ्रिलर जनरामा निर्माण हुने बताईएको छ ।

विचित्र फिल्म्सको निर्माण तथा गुड जब आट्र्सको सहकार्यमा निर्माण हुने सिनेमामा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह-निर्माता रहेका छन् । विगत एक दशकदेखि सिनेमालाई नजिकबाट हेरेर राम्रो दर्शक बनेको निर्देशक पाण्डेले बताए ।

‘म राम्रो दर्शक हुँ । विगत एक दशकदेखिको सिनेमा सम्बन्धी अनुभवलाई संगालेर कथा तयार गरेको हुँ, निर्देशक पाण्डेले भने, यो सिनेमामा कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र देखिनेछन् ।’

निर्देशक पाण्डेको सिनेमा सम्बन्धी स्वअध्यनले आफूलाई प्रभावित बनाएको लेखक तथा कलाकार एमएस अग्रजले बताए । उनले भने, ‘हामी प्रवासमा एक साँझ भेटिदा सिनेमा सम्बन्धी भएको छलफलले आजको सहकार्य जुरेको हो । क्राइम, थ्रिलर र सस्पेन्स भएता पनि पनि पूर्ण रुपमा मनोरन्जनात्मक सिनेमा बन्ने छ ।’

अभिनेत्री सृष्टी श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन् । ‘मैले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थे । यो सिनेमामार्फत हामी पात्रको रुपमा चिनिने छौं । यो मेरो करिअरलाई अगाडि बढाउने सिनेमा बन्ने छ, भन्नेमा विश्वस्त छु’, अभिनेत्री श्रेष्ठले भनिन् ।

अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए । ‘मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो । नयाँ टिम देखिएता पनि सिनेमा प्रतिको अध्यन र अनुभवले हामी भित्र रहेको प्रतिभा पर्दामा देखिन्छ भन्नेमा विश्वस्त छु’, अभिनेता त्रिपाठीले भने ।

यही सिनेमामार्फत पर्दामा डेब्यु गर्न लागेका अभिनेता सगर खनालले सिनेमा सम्बन्धी गरेको अध्यनलाई प्रयोग गर्ने अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्ने बताए । ‘यो मेरो डेब्यु सिनेमा भएता पनि सबैको भूमिका बराबर छ । पहिलोपटक पर्दामा देखिदा नै अभिनयमा पोख्त टिमसँग सहकार्य गर्न पाउँदा र उस्तै भूमिका पाउँदा उत्साहित छु’, अभिनेता खनालले भने ।

सिनेमा ‘११ः५५’ मा ६ जनाको कथा देखाईएको छ । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स-साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति सिनेमामा देखाईने छ । ३५ दिनको सेड्युल तय भएको सिनेमाको छायांकन आउँदो शनिवारबाट सुरु हुनेछ ।

सिनेमामा प्रद्युमन मिश्रको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायद कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ ।