‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ ल्याउँदै विशाल भण्डारी

‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ ल्याउँदै विशाल भण्डारी

द सिनेमा टाइम्स
532
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक विशाल भण्डारी यतिबेला ‘कमेडी च्याम्पियन सिजन ३’को तयारीमा व्यस्त छन् । यो रियालिटी शोसँगै उनले अर्को टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ पनि ल्याउने भएका हुन् ।

यसअघि उनको टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ नेपाल टेलिभिजनबाट प्रसारण आएको थियो । उक्त शो ‘कमेडी च्याम्पियन सिजन ३’को लागि बन्द गरेका थिए । अबको तीन महिनाभित्र उनले यो शो प्रसारणमा ल्याउने तयारी गरिरहेको निर्देशक भण्डारी निकट श्रोतले जानकारी गराएको छ ।

थ्रि प्रोडक्सनको व्यानरमा निर्माण हुने कार्यक्रममा ‘कमेडी क्लब विथ च्याम्पियन्स’को सम्पुर्ण टिम दोहोरिने छ । श्रोतका अनुसार यस कार्यक्रमका एक जना कलाकार बाहेकको सम्पुर्ण टिम दोहोरिने पक्का भएको हो । यो कार्यक्रमको निर्देशन निर्देशक भण्डारी आफैले गर्नेछन् । ‘कमेडी च्याम्पियन सिजन ३’ अर्को महिनाबाट कान्तिपुर टेलिभिजमा प्रसारण हुँदैछ ।