ऋतिक, दीपिका र अनिल स्टारर एरियल-एक्सन ड्रामा ‘फाइटर’को टिजर सार्वजनिक

ऋतिक, दीपिका र अनिल स्टारर एरियल-एक्सन ड्रामा ‘फाइटर’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड एक्सन सिनेमाका सफल निर्देशक सिद्धार्थ आनन्दको निर्माण तथा निर्देशनमा बनेको सिनेमा ‘फाइटर’को टिजर सार्वजनिक भएको छ । सिनेमामा ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुरको मुख्य भूमिकामा छन् ।

एरियल एक्सन जनरामा निर्माण भएको सिनेमामा ऋतिक र दीपिका स्क्वाड्रन लिडर बनेका छन् । सिनेमामा अनिलले ग्रुप क्याप्टेन शमशेर पठानियाको भूमिका निर्वाह गरेका छन् । अनिल अहिले सिनेमा ‘एनिमल’का कारण चर्चामा छन् । यो सिनेमामा उनले रणवीर कपुरको पिताको भूमिका देखिएका छन् ।

निर्देशक आनन्दले ‘फाइटर’ को बजेट करिब २५० करोड भारु बताएका छन् र यो सिनेमा माघ ११ गते अर्थात् २५ जनवरी २०२४ मा भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुनेछ । ‘फाइटर’को कथा लडाकु विमानको वरिपरि घुमेको छ ।

सन् २०१९ मा ‘वार’ मा काम गर्ने क्रममा सिद्धार्थ आनन्दले यही विषयमा सिनेमा बनाउने सोचेका थिए । ‘फाइटर’ भारतको पहिलो एरियल एक्सन सिनेमा भएको बताइएको छ । यो फ्रेन्चाइजको पहिलो फिल्म हो ।

सिनेमाको कथा सिद्धार्थ आनन्दसँगै भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखेका हुन् । ‘फाइटर’बाट निर्देशक आनन्दले धेरै आशा राखेका छन् । उनले अहिलेसम्म दर्शकले पर्दामा नदेखेको दृश्यलाई ‘फाइटर’मा देखाइने बताए ।