सेन्सर बोर्डद्धारा राम्रो प्रतिक्रियासहित ‘जम्प’लाई पिजी सर्टिफिकेट

सेन्सर बोर्डद्धारा राम्रो प्रतिक्रियासहित ‘जम्प’लाई पिजी सर्टिफिकेट

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जम्प’ सेन्सर पास भएको छ । फरक शैलीमा तयार पारिएको सिनेमाले केन्द्री जाँच पास समिति (सेन्सर बोर्ड) बाट पिजी सर्टिफिकेट पाएको हो ।

अब १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा मात्रै सिनेमा हेर्नु पर्नेछ । सिनेमाले बोर्ड पदाधिकारीबाट राम्रो प्रतिक्रिया पाएको छ । नेपालमा पनि फरक कथामा राम्रो सिनेमा बन्नु आफैमा चुनौती पुर्ण छ । तर, तपाईहरुले राम्रो सिनेमा बनाउनु भएको रहेछ भन्दै प्रशंसा गरेको निर्देशक आशुतोषध्वज कार्कीले बताए ।

उनले यही सिनेमाबाट निर्देशनमा डेव्यु गर्दैछन् । सिनेमामा वास्तविक जीवनमा आइपर्ने बाधा र त्यसलाई पन्छाउनका लागि चालेको एउटा अनौठो कदमपछिको अवस्था र तनावलाई प्रस्तुत निर्देशक कार्की बताउँछन् । एथ्लेटिक्स खेलाडीले आफ्नो जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएपछि आउने घटनाक्रमको कथा सिनेमाले पेस गर्छ ।

सिनेमामा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको मुख्य भुमिका रहेको छ ।

फरक स्वादको सिनेमा भएकाले दर्शकका लागि रुचिकर हुने आशा निर्माणपक्षले गरेको छ । सिनेमाको कथा र संगीत स्वयं निर्देशक कार्की हो । इशा खड्का कार्यकारी निर्माता रहेको सिनेमालाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।