कमल एक्चै मगरको निर्देशनमा ‘आलिङ्गन’को निर्माण घोषणा

कमल एक्चै मगरको निर्देशनमा ‘आलिङ्गन’को निर्माण घोषणा

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक कमल एक्चै मगरले आफ्नो तेस्रो सिनेमा ‘आलिङ्गन’को निर्माण घोषणा गरेका छन् । अघिल्लो महिना गोरखा जिल्लाको मनकामना मन्दिरमा स्क्रिप्ट पूजा गरेपछि उनले शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको घोषणा गरेका हुन् ।

सिनेमा सामाजिक प्रेमकथामा आधारित रहेर निर्माण हुने जनाइएको छ । सिनेमामा निर्देशक मगरको कथा लेखन रहेको छ । ‘नेभर से डाई’ ट्यागलाइन राखिएको सिनेमाको पटकथा तथा संवाद आरुष जंग सारु र निर्देशक मगरले संयुक्त रुपमा लेखेका हुन् ।

क्रिशाला मगर कार्यकारी निर्माता रहेको सिनेमालाई चक्र बहादुर महर्जनले खिच्नेछ । परफर्मिङ आर्ट क्रियसनको ब्यानरमा बन्न लागेको सिनेमामा अभिनय गर्ने कलाकार र अन्य प्राविधिकको भने टुंगो लाग्न बाँकी नै छ । आलिङ्गनको अर्थ ‘अंगालो’ भन्ने हुन्छ ।

‘डेसान’ व्यावसायिक रुपमा असफल भएपनि निर्देशक मगरको कथा भन्ने शैलीको प्रशंसा भएको थियो । उनले केही अवार्ड समेत जितेका थिए । उनको पहिलो निर्देशित सिनेमा भने ‘शिरफूल’ हो । उनले केही म्यूजिक भिडियो, डकुमेन्ट्री तथा सर्ट सिनेमा समेत बनाइसकेका छन् ।