आर्यन र प्रदीपपछि ‘पूजार सार्की’मा भित्रिए पल शाह

आर्यन र प्रदीपपछि ‘पूजार सार्की’मा भित्रिए पल शाह

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘पूजार सार्की’मा अभिनेता आर्यन सिग्देल र प्रदीप खड्कापछि शनिबार अभिनेता पल शाहसँग सम्झौता गरेका छन् । पलले हालै सिनेमा ‘मायावी’को छायांकन सकेका हुन् ।

पलले निर्देशक राउतसँग यसअघि नै सहकार्य गर्न खोजेका थिए । त्यसका लागि उनी आफैंले सिनेमा निर्देशनको प्रस्ताव दिनेशलाई राखेको चर्चा चलेको थियो । ‘पूजार सार्की’मा उनीहरुको सहकार्य जुरेको छ । पल र प्रदीपले भने यसअघि सिनेमा ‘हुतुतु’मा काम गर्ने चर्चा थियो । तर, यो सिनेमा नै बन्न सकेन ।

एक कम्युनिष्ट व्यक्तिले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने विषयमा आधारित भएर सिनेमा बन्नेछ । संगीतकार सुभाष भुषालको निर्माण रहने सिनेमाका लेखक विकास सुवेदी हुन् ।

सुवेदीसँग निर्देशक राउतको यसअघि ‘प्रकाश’मा सहकार्य भएको थियो । आगामी माघ पहिलो हप्ताबाट छायांकन सुरु हुन लागेको सिनेमाका लागि अभिनेत्रीको टुंगो लाग्न बाँकी छ ।