‘एक्टर’मा प्रदिप, शीर्षक पोस्टर भन्छ – सिनेमा केही फरक छ

‘एक्टर’मा प्रदिप, शीर्षक पोस्टर भन्छ – सिनेमा केही फरक छ

द सिनेमा टाइम्स
483
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘प्रेम गीत ३’ रिलिज भएको एक वर्षसम्म खाली रहेका प्रदिप खड्काको दुई साताका दौरान तेश्रो सिनेमा पनि घोषणा भएको छ।

शनिबार प्रदिपको नयाँ सिनेमा ‘एक्टर’ घोषणा भएसँगै उनले तीन सिनेमा पक्का गरेका हुन्। ‘एक्टर’ अघि उनको बहुभाषिक ‘ऐरी’ र नेपाली सिनेमा ‘पुजार सार्की’ घोषणा भएका थिए।

हिन्दी, नेपाली तथा तामिल भाषामा निर्माण हुने ‘ऐरी’को सुटिङ मिति हालसम्म सार्वजनिक भएको छैन भने ‘पुजार सार्की’ माघ पहिलो साताबाट फ्लोरमा जाँदैछ ।

अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमालाई थमन कुमार भण्डारीले निर्माण गर्दैछन्। यस्तै,राजन भुसाल सिनेमाका निर्देशक हुन् ।

प्रदिपका अलावा यो सिनेमाका अन्य कलाकारको लाइनअप पूरा हुन बाँकी छ। सिनेमाको सार्वजनिक भएको शीर्षक पोस्टरले सिनेमा केही भिन्न स्वादमा हुने देखाएको छ। पोस्टरमा दुई मस्तिष्कलाई तारको माध्यमबाट जोडिएको देखाइएको छ।

यसले सिनेमा प्रदिप दुई भिन्न चरित्रमा देखिने कुरालाई संकेत गरेको छ। पोस्टरमा ‘एक्टर’ सन् २०२५ मा रिलिज हुने जानकारी दिइए पनि निश्चित मिति भने दिइएको छैन् ।