‘चित्रा’ हेर्दा १० वर्षमुनिकालाई पैसा नलाग्ने

‘चित्रा’ हेर्दा १० वर्षमुनिकालाई पैसा नलाग्ने

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘चित्रा’का निर्माताले १० वर्षभन्दा मुनिकालाई निःशुल्क रुपमा सिनेमा देखाउने घोषणा गरेका छन् । १० वर्षमुनिकालाई टिकट निःशुल्क हुने भए पनि अभिभावकका लागि शुल्क लाग्नेछ ।

त्यस्तै, कुनै पनि बालिकाले चित्रा नाम भएको प्रमाण देखाउँदा ३ वटा टिकट सित्तैमा पाउने पनि अभिनेता तथा निर्माता सन्तोष अधिकारीले बताए । सिनेमा बाबु-छोरीको कथामा आधारित भएकाले यो घोषणा गरिएको उनको दाबी छ । यो घोषणा व्यापारिक रणनीति नभएको पनि उनले स्पष्ट पारे ।

निर्माता अधिकारी भन्छन्, ‘हाम्रो सिनेमा धेरै दर्शकले हेरुन् भन्ने उदेश्यसँगै नेपाली बालबालिकालाई सानैदेखि नेपाली सिनेमा हेर्नुपर्छ र राम्रा नेपाली सिनेमाको अभाव छैन भन्ने सन्देशका लागि यो गरेका हौं । सिनेमाले उठाएको कथावस्तुका कारण हरेक आमा-बाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहना हाम्रो हो । म स्वयं पनि एक सन्तानको पिता भएकाले यस्तो निर्णय गरेको हुँ ।’

सिनेमामा सन्तोषका अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्क्षा खड्का, मेनुका प्रधान, सिम्रन खड्का, अञ्जना बराइली, प्रकाश घिमिरे, बालकलाकार आयुशी ढकाल आदिको मुख्य भूमिका छ ।

आशिष थापा मगरको पनि निर्माण रहेको सिनेमामा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा लेखन रहेको छ । राजनराज सिवाकोटीको संगीत रहेको सिनेमाका छायाँकार महेश पौडेल हुन् ।