द सिनेमा टाइम्स, काठमाडौं – मंसिर २९ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । सिनेमाले सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ सिनेमा हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो ।
उदय सुब्बाको निर्देशित सिनेमामा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ । सिनेमाको एक गीतमा विल्सनविक्रम राई, बर्षा शिवाकोटी र गीता ढुंगानालाई पनि देख्न सकिन्छ ।
अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा तारादेवी लिम्बूको लगानी छ । सिनेमामा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको संगीत र राजु किरातीको द्वन्द्व निर्देशन छ ।
सिनेमाको छायांकन धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम र झापामा गरिएको हो । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।
प्रतिक्रिया