‘कङ्गारु’मा अर्पण थापा अनुबन्धित

‘कङ्गारु’मा अर्पण थापा अनुबन्धित

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘कङ्गारु’मा कलाकारको लानअप बलियो बन्दै गएको छ । राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा बन्ने सिनेमामा केही दिन अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका थिए ।

केदारपछि सिनेमाको अर्को मुख्ख पात्रमा अर्पण थापा पनि अनुबन्धित भएका छन् । अभिनेता थापा र सिनेमाको निर्माण पक्षबिच आज औपचारिक रूपमा सम्झौता भएको हो । यो सिनेमालाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ ।

निर्देशक बस्नेतले यसअघि उनले निर्देशन गरेको सिनेमा ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो । फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा सिनेमा निर्माण हुन लागेको हो । सिनेमामा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

सिनेमाको सह-निर्मातामा रोनिश बहादुर बस्नेत छन् । टीका भण्डारी र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको सिनेमाको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट अष्ट्रेलीया रहेको छ । निर्देशक बस्नेतले कंगारुमा केही फरक कथा भन्न मन लागेको र दर्शकले फरक स्वादमा हेर्न पाउने बताएका छन् ।

सिनेमामा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । सिनेमा निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । सिनेमाका प्रोडक्सन डिजाइनर दिलीप पन्त हुन् ।