रणवीर कपुरको ‘एनिमल’ले १२ दिनमा विश्वभरबाट कमायो ७ सय ५७ करोड ग्रस

रणवीर कपुरको ‘एनिमल’ले १२ दिनमा विश्वभरबाट कमायो ७ सय ५७ करोड ग्रस

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दोस्रो हप्तामा पनि बलिउड अभिनेता रणवीर कपूरको मुख्य भुमिका रहेको सिनेमा ‘एनिमल’ले बक्स अफिसमा बम्पर व्यपार गरिरहेको छ । रिलिजको पहिलो हप्ता नै हिन्दीमा मात्रै ३००.८१ करोडको व्यापार गरेको सिनेमाले भारत सबै भाषामा गरि ३ सय ३८ करोड बढिको व्यपार गरेको थियो ।

यो सिनेमाले पहिलो हप्तामा विश्वभरबाट ५ सय ६३ करोड ३ लाख माथि कमाएको हो । दोस्रा हप्ताको शुक्रबार बलिउड सिनेमा इतिहासकै सबैभन्दा धेरै व्यापार २१ करोड ५६ लाख कमाउँदै रेकर्ड राखेको थियो । सिनेमाले दोस्रो शनिबार हिन्दीमा ३२ करोड ४७ लाख, आइतबार ३३ करोड ५३ लाख, सोमबार १३ करोड १२ लाख र दोस्रो साताको मंगलबार १२ करोड माथिको व्यापार गर्दै हिन्दीमा मात्रै ४ सय १३ करोड माथिको व्यापार गरेको छ ।

सिनेमाले दोस्रो हप्तासम्म आइपुग्दा भारतका सवै भाषा गरी ४ सय ६० करोड माथीको व्यापार गरेको छ । यस्तै यो विश्वभरबाट ७ सय ५७ करोडभन्दा बढि कमाई गर्दै १ हजार करोडको दौडमा निस्केको बलिउड ट्रेड एनालिस्टले उल्लेख गरेका छन् । ‘एनिमल’ बलिउडकै इतिहासमा तेस्रो ठूलो बक्सअफिस कलेक्सन गर्ने सिनेमा बनेको छ ।

सिनेमाको व्यापारलाई ट्रेड एनालिस्टहरुले तुफानको संज्ञा दिएका छन् । सिनेमाको ‘वर्ड अफ माउथ’ राम्रै रहेकाले दोस्रो हप्तामा हिन्दी बेल्टमा मात्रै साढे ४ सय करोडको आँकडा छुने देखिन्छ । सिनेमालाई ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गरेका हुन् ।

टिसिरिज र भद्रकाली पिक्चर्सको व्यानरमा निर्माण भएको सिनेमामा रणवीर कपुर, अनिल कपूर, बबी देओल, रश्मिका मन्दाना, तृप्ति डिमरी लगायतले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । सिनेमाले नेपाली बक्सअफिसमा समेत बम्पर व्यापार गरेको छ । ‘एनिमल’सँगै रिलिज भएको अर्को बलिउड सिनेमा ‘सामबहादुर’ बक्सअफिसमा असफल भएको छ ।