नेपाली गायिका मेनुका पौडेलको स्वरमा ‘सलार’को गीत रिलिज

नेपाली गायिका मेनुका पौडेलको स्वरमा ‘सलार’को गीत रिलिज

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालकी गायिका मेनुका पौडेलको पाश्र्व गायन रहेको दक्षिण भारतीय सिनेमा ‘सलार’को गीत सार्वजनिक भएको छ । बुधबार साँझ निर्माण कम्पनी हम्बेल फिल्म्सको युट्युब च्यानलमा सार्वजनिक भएको ‘सूरज ही छाँव बनके’ बोलको हिन्दी संस्करणको गीतमा उनको स्वर समावेश छ ।

सुपरस्टार प्रभास अभिनीत सिनेमाको गीतमा मेनुकाले गत हप्ता मात्रै यो गीत मुम्बईस्थित एक स्टुडियोमा रेकर्ड गराएकी थिइन् । गीतमा रवि बसुरुरको संगीत रहेको छ भने रिया मुर्खजीको शब्द रचना छ । युट्युबमा सार्वजनिक गीतमा सिनेमाभित्रका चल र अचल दृश्यहरु समावेश छन् । मेनुकाले पहिलोपटक भारतीय सिनेमाको गीतमा पाश्र्व गायनको मौका पाएकी हुन् ।

यसलाई उनले आफ्नो गायन करिअरको टर्निङ पोइन्ट मानेकी छन् । अहिले उनी ‘इन्डियन आइडल’मा आफ्नो दमदार प्रस्तुतीका कारण चर्चामा छिन् । ‘इन्डियन आइडल’को गत आइतबारको एपिसोडमा उनले स्टुडियो पुगेर ‘सलार’को गीत गाएको अंश प्राथमिकताका साथ प्रशारण गरिएको थियो ।

इन्डियन आइडल’को ‘टप १४’सम्म पुगिसकेकी उनलाई उपाधिको हकदारको रुपमा हेरिएको छ । मेनुका दृष्टिविहीनहरुका लागि समेत प्रेरणाको स्रोत बनेकी छन् । उक्त शोको निर्णायकमध्येकी श्रेया घोषालले उठेर बधाई दिएकी थिइन् ।