‘रङ्गेली’मा प्रहरी निरीक्षक ‘मान बहादुर ढकाल’ बने प्रविन खतिवडा

‘रङ्गेली’मा प्रहरी निरीक्षक ‘मान बहादुर ढकाल’ बने प्रविन खतिवडा

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘रङ्गेली’बाट अभिनेता प्रविन खतिवडाका दुई क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनलाई ‘मान बहादुर ढकाल’को नाम दिइएको छ । पोस्टर अनुसार सिनेमामा उनी नेपाल प्रहरीको निरीक्षक बनेका छन् ।

यसअघि अभिनेता द्वय दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो । ‘रङ्गेली’मा खतिवडाको भूमिका बलियो रहेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको ‘रङ्गेली’मा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकी र रबीन बोगटी लगायतको मुख्ख भूमिका रहेको छ ।

यो सिनेमा आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुँदैछ । यस सिनेमाका गीतहरूमा हर्क साउँद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाई र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाई सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।