वैशाख २१ मा दया र मिरुनाको ‘मनसरा’, यस्तो छ पोस्टर

वैशाख २१ मा दया र मिरुनाको ‘मनसरा’, यस्तो छ पोस्टर

सिनेमाले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो। पछिल्लो समय सिनेमाको पर्दामा सर्वाधिक रुचाइएको जोडीमा दया-मिरुना पर्छन्

द सिनेमा टाइम्स
504
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई तथा मिरुना मगर अभिनित ‘मनसरा’ले पोस्टर रिलिज गर्दै आफ्नो रिलिज मितिको घोषणा गरेको छ । निर्माण कम्पनी कबड्डी फिल्मस्ले अभिनेत्री मिरुनाको एकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । सिनेमा आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बा यसका निर्देशक हुन् ।

सिनेमामा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिनेछिन् । सिनेमामा मिरुना र दयाका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।

एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ । सबैको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ सिनेमाबाट तारिफ बटुलेका सुब्बाको यो सिनेमा रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने सहज अनुमान गर्नसकिन्छ ।

‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो। पछिल्लो समय सिनेमाको पर्दामा सर्वाधिक रुचाइएको जोडीमा दया-मिरुना पर्छन् ।