शुक्रबारबाट ‘जम्प’ र ‘दुई कदम’ प्रदर्शनमा

शुक्रबारबाट ‘जम्प’ र ‘दुई कदम’ प्रदर्शनमा

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘जम्प’ र ‘दुई कदम’ एकसाथ प्रदर्शनमा आएका छन् । दुवै फरक कथा र विषयमा निर्माण भएका सिनेमा हुन् । दुवै सिनेमाका लक्षित दर्शक वर्ग पनि फरक छन् ।

साइकोलोजी-थ्रिलर जनरामा निर्माण भएको ‘जम्प’मा आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन छ । विनिता थापामगर, सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन लगायतको अभिनय रहेको सिनेमाको कार्यकारी निर्माता इशा खड्का हुन् । राष्ट्रिय धावक रहेका एक पात्रले अलौकिक शक्ति प्राप्त गरेपछि उत्पन्न परिस्थितिमा सिनेमा केन्द्रित छ ।

सामाजिक प्रेमकथामा आधारित भएर बनेको ‘दुई कदम’लाई उदय सुब्बाले निर्देशन गरेका हुन् । यो सिनेमाबाट अभिनेतामा इओन लिम्बु र अभिनेत्रीमा सिमोन गिरीले डेब्यू गरेका छन् । सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्माल गायतको पनि सिनेमामा मुख्य भूमिका रहेको छ ।

अजम्बरी फिल्मस्को ब्यानरमा तारा देवी लिम्बुको निर्माण रहेको सिनेमामा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन छ । विक्रम डिसीको छायांकन रहेको सिनेमामा आशिष अविरल, ताराप्रकाश लिम्बु तथा विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, कविराज गहतराज र रामजी लामिछानेको गीतमा कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन तथा प्रविन ढकालको सम्पादन छ ।