‘के घर के डेरा’को दोस्रो श्रृंखला निर्माण घोषणा, बुद्धिसागरको सिनेमा लेखनमा डेब्यू

‘के घर के डेरा’को दोस्रो श्रृंखला निर्माण घोषणा, बुद्धिसागरको सिनेमा लेखनमा डेब्यू

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत वर्ष तिहारमा रिलिज भएको सफल सिनेमा ‘के घर के डेरा’को दोस्रो श्रृंखला घोषणा भएको छ । निर्देशक दिपेन्द्र के खनालले सामाजिक संजालमार्फत सिनेमाको सिक्वल घोषणा गरेका हुन् । दोस्रो श्रृंखलाको नाम ‘के घर के डेरा: घर नं २’ रहनेछ।

दोस्रो श्रृंखलालाई ‘कर्णाली ब्लुज’ तथा ‘फिरफिरे’का चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । निर्माणपक्षले सिक्वलको घोषणा गरेपनि कलाकारहरुको लाइनअप भने सार्वजनिक गरेको छैन् । सिनेमा आगामी वर्ष तिहारमा रिलिज गर्ने घोषणा गरिएको छ ।

ए प्लस इन्टरटेन्मेन्टले यो सिनेमालाई नटराज क्रियशनसँगको सहकार्यमा निर्माण गर्न लागेको हो । सार्वजनिक पोस्टरमा ‘के घर के डेरा: घर नं २’ लेखिएको नम्बरप्लेट टाँसिएको एउटा कम्पाउण्डको पर्खालबाहिर हरियो साइकललाई अड्याइएको देखाइएको छ भने सोको नेपथ्यमा लुगा सुकाइएको रातो साढे दुई तलाको घर र सो घरको अगाडि एउटा सामान्य ट्रस कटेरो देख्न सकिन्छ।

लेखक बुद्धि सागरले सिनेमाको घोषणा पोस्टर पोस्ट गर्दै ‘अलिकति हाँसो, अलिकति आँसु’ भन्ने क्याप्सन लेखेका छन् । यसले सिनेमा अघिल्लो सिक्वलझैं हाँसो र रोधनको समिश्रण हुने अनुमान गर्न सकिन्छ ।