वर्षा राउतले गरिन् क्यानोपी जिप लाइनको उद्घाटन

वर्षा राउतले गरिन् क्यानोपी जिप लाइनको उद्घाटन

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाण्डौंको चोभार स्थित मन्जुश्री पार्कमा सञ्चालनमा आएको नेपालको पहिलो क्यानोपी जिप लाइनको उद्घाटन अभिनेत्री वर्षा राउतले गरेकी छिन ।

शनिबार देखि संचालनमा आएको जिप लाइनको शुभारम्भ गर्न पुगेकी बर्षाले तीन वटा स्टेसन रहेको क्यानोपी जिप लाइनको मज्जा समेत लिइन । करिब ४ सय मिटरको क्यानोपीमा पहिलो चरणमा एडभेन्चर, दोस्रोमा डेयर डेभिल्स र तेस्रोमा द फन भन्दै दश मिनेट खेल्न समय लाग्छ ।

मैले जिप लाईनको अनुभव पहिले एक पटक गरेको थिए तर फरक स्टेशनमा फरक एडभेन्चर क्यानोपीमा अझै धेरै मज्जा हुने रहेछ । मिडियासँग कुराकानी गर्दै बर्षाले प्रतिक्रिया दिइन् । उनले सिनेमाका सुटिङ भइरहने चोभार एरियामा स्थापना भएका कारण यो जिपलाईनले पर्यटक थप बढ्ने विश्वास समेत ब्यक्त गरिन ।