इटहरीमा सिनेमा ‘चारदाम’को विशेष शो सम्पन्न

इटहरीमा सिनेमा ‘चारदाम’को विशेष शो सम्पन्न

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – इटहरीमा सिनेमा ‘चारदाम’को विशेष शो सम्पन्न भएको छ । तामाङ जातीको लोप हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको सिनेमा ‘चारदाम’को इलाईट सिनेमा हलमा विशेष शोको आयोजना गरिएको थियो ।

औपचारिक कार्यक्रमका बीच सिनेमा ‘चारदाम’को प्रदर्शन गरिएको हो । बिशेष शोको लागी सहयोग पुर्याउने ब्याक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । कोशी भिजन फिल्म्स प्रालीको ब्यानरमा निर्माण भएको सिनेमा राम्रो बनेको प्रतिक्रिया उपस्थित दर्शकहरुले दिएका छन् ।

मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको ‘चारदाम’लाई लाखमन योन्जन तामाङले लेखन, निर्माण, अभिनय तथा निर्देशन गरेका हुन् । इटहरी पश्चात काठमाडौ, पोखरा, भोजपुर, धरान, बेलबारी लगायतका ठाउँमा च्यारिटीको तयारी भैरहेको निर्माण टिमले जानकारी दिएको छ । भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको सिनेमामा ३ ओटा गीत समावेश छन् ।

सिनेमामा लाखमान योन्जन तामाङको अलावा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ती पाख्रीन, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । सिनेमालाई मैना घिसिङ, मदन बहादुर राई, पुर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले निर्माण गरेका हुन् ।

सिनेमामा दिपक लिम्बू, मुना ठटाल, पुर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले स्वर भरेका छन् भने प्रेम कृष्ण बजगाई, जोनि योन्जनको संगीत, संगीतकार बजगाई, निर्देशक लाखमान र पुर्ण लिम्बुको शब्द रचना रहेको सिनेमालाई सुमन तामाङले छायांकन तथा हेमन तामाङको सम्पादन गरेका हुन् ।