‘नम्बरी सुन’को गीत ‘तिमी बर म पीपल’ सार्वजनिक

‘नम्बरी सुन’को गीत ‘तिमी बर म पीपल’ सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘नम्बरी सुन’को गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिसीको मिक्सिङ र मास्टरिङ छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सिनेमाका मुख्ख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् । सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा गौरव र नम्रताको क्यामेष्ट्री सुहाएका देखिन्छ । गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन तथा मनोरन्जन श्रेष्ठको कलर छ ।

आगामी माघ १९ गतेबाट रिलिज हुने सिनेमामा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता बस्नेत र राजेन्द्र गिरीको अभिनय छ ।

सिनेमामा शिवम अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायांकन, गौतम राज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द रचना, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर, विनोद भुजेलको ब्याकग्राउण्ड स्कोर, समीर मियाँको भीएफएक्स, देव महर्जनको द्वन्द्व छ ।

सुवर्ण शिभान्स फिल्मको व्यानरमा नारायण खाती प्रस्तुतकर्ता रहेको सिनेमामा सरोज खाती, सबिन खाती र मनोज रिजाल निर्माता छन् । सिनेमालाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछ ।