‘डंकी’का केही दृश्य र संवादमा सेन्सर बोर्डको कैंची, ‘सलार’लाई एडल्ट सर्टिफिकेट

‘डंकी’का केही दृश्य र संवादमा सेन्सर बोर्डको कैंची, ‘सलार’लाई एडल्ट सर्टिफिकेट

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बिहीबारबाट प्रदर्शनको तयारीमा रहेको बलिउड अभिनेता शाहरुख खान अभिनित ‘डंकी’ सेन्सर पास भएको छ । भारतीय सेन्सर बोर्डले सिनेमाको रनटाइम २ घण्टा ४१ मिनेट निर्धारण गरेको छ । यो हप्ता विश्व बक्सअफिसमा ‘डंकी’सँगै दक्षिण भारतीय सिनेमा ‘सलार’ पनि रिलिज हुने भएपछि शो विभाजन हल सञ्चालक समस्यामा परेका छन् ।

‘डंकी’ र ‘सलार’लाई केही दिनमा नेपालीमा सेन्सर गर्ने तयारी छ । शनिबार मात्र यो सिनेमाको भारतीय सेन्सर बोर्डले पास गरेको छ । भारतीय सेन्सर बोर्डले ‘डंकी’का केही सीमित दृश्य र संवादमा कैंची चलाएको छ । यो सेन्सरले सिनेमाको कथावस्तुमा कुनै असर नपर्ने बलिउड मिडियाले उल्लेख गरेका छन् ।

सिनेमाको सुरुमा एउटा शब्दलाई परिमार्जन गरी ‘आप्रवासी’ बनाइएको थियो । सिनेमाको इन्टरभलअघि हार्डी (शाहरुख) आफ्नो विवाहको समयमा बर्दीमा घोडामा बसेको दृश्यलाई पनि परिवर्तन गरिएको छ । अर्को एक महत्वपूर्ण दृश्यमा वैधानिक चेतावनी उल्लेख गर्दै ‘आत्महत्या कुनै पनि समस्याको समाधान होइन’ भनिएको छ । अन्त्यमा निर्माताले सिनेमामा प्रयोग गरिएका तथ्यांकबारे प्रमाणहरु पनि पेश गरेका थिए ।

यी परिमार्जनपछि डंकीलाई भारतीय सेन्सर बोर्डले यु-ए सर्टिफिकेट प्रदान गरेको छ । राजकुमार हिरानीद्वारा निर्देशित सिनेमा ‘डंकी’मा तापसी पन्नु, विक्की कौशल र बोमन इरानी पनि छन् । यो सिनेमा बिहीबार डिसेम्बर २१ मा विश्वभर रिलिज हुँदैछ । यो दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनित सिनेमा ‘सलार’ पनि शुक्रबार २२ डिसेम्बर रिलिज हुँदैछ । यो सिनेमालाई सेन्सर बोर्ड एडल्ट सर्टिफिकेटसहित २ घण्टा ५५ मिनेट रनटाइम निर्धारण गरेको छ ।