प्रभासको ‘सलार’ दोस्रो ट्रेलर ‘फाइनल पन्च’ सार्वजनिक

प्रभासको ‘सलार’ दोस्रो ट्रेलर ‘फाइनल पन्च’ सार्वजनिक

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास र पृथ्वीराज सुकुमारनको मुख्य भूमिका रहेको सिनेमा ‘सलार’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । एक्सन जनरामा निर्माण भएको यो सिनेमा शुक्रबारबाट नेपालमा पनि रिलिज हुँदैछ ।

प्रशान्त नील निर्देशित सिनेमाले दुई घनिष्ठ साथी दुश्मनमा कट्टर दुश्मन बन्दा त्यसले निम्त्याउने परिणामको कथा पेश गर्छ । सिनेमाको एक्सन र संवेदना मिश्रित सार्वजनिक ट्रेलर ‘लार्जर द्यान लाइफ’ देखिन्छ । दोस्रो ट्रेलरले दर्शकलाई खान्सार नामक अलग्गै संसारमा लैजान्छ ।

सिनेमाको पहिलो भागमा सलार नामक पात्रको उदय भएको देखाइएको छ । निर्माताले यो ट्रेलरलाई सिनेमाको ‘फाइनल पन्च’ बताएका छन् । सिनेमामा प्रभास र पृथ्वीराज सुकुमारनलाई घनिष्ठ साथी हुँदै कट्टर दुश्मनको रुपमा बदलिएको कथा भनिएको छ । खान्सार कसले हासिल गर्ने भन्ने कुरामा यी दुई साथीबीच लडाई परेको देखाइएको छ ।

होम्बले फिल्मस्को व्यानरमा विजय किरागान्दुरले निर्माण गरेको सिनेमा सलार रिलिजको एकदिन अघि शाहरुख खान स्टारर ‘डंकी’ पनि रिलिज हुँदैछ । जसले गर्दा सलारलाई उत्तर भारतको बक्सअफिसमा राम्रो व्यापार गर्न चुनौती देखिन्छ ।